गठबन्धनका प्रतिनिधिलाई अबिश्वास गर्नुपर्ने कुनै ठाउँ छैनः कुमारी मोक्तान

छहारी संवाददाता
कार्तिक २०, २०७९

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चाज तथा प्रदेश सभा मकवानपुर २ (क) का उम्मेदवार कुमारी मोक्तानले गठबन्धनको सरकार बनेमा भीमफेदी गाउँपालिकाको विकासका लागि अहिलेभन्दा तेब्बर बजेट ल्याउँने बताउनुभएको छ ।

भीमफेदी गाउँपालिका ९ मा बाम लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन शश्चात आयोजित कार्यक्रममा उहाँले गठबन्धनले बोलेको कुरा पुरा गर्नेमा ढुक्क हुन आग्रह गर्नुभयो । यसअघि पनि २ अर्ब ८८ करोडको बजेट गाउँपालिकामा लगिएको भन्दै उहाँले लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधिलाई अबिश्वास गर्नुपर्ने कुनै ठाउँ नरहेको भन्दै बताउनुभयो ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्री समेत रहनु भएकी मोक्तानले आमनागरिकको समस्या समाधानमा गर्न गठबन्धन तत्पर रहेको बताउनुभयो ।

यस्तै नेपाली काँग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ ‘ख’ को प्रदेशसभा उम्मेदवार ईन्द्र बहादुर बानियाँले ‘केपी ओलीले गणतन्त्र नचाहेको र संविधानको समेत बिरोध गरेकाले नै माओवादी–काँग्रेस एकजुट भएको बताउँनुभयो । उहाँले गठबन्धनमा आबद्ध भएकाले काँग्रेसले पनि माओवादीलाई भोट हाल्नैपर्ने भन्दै यो बेला पार्टी र चुनाव चिन्ह भन्दा गणतन्त्र र संविधान जोगाउन सबै गम्भिर बन्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देलले गठबन्धनको सबै प्रतिनिधिले जनतालाई विश्वासघात नगर्ने भन्दै ढुक्क भएर गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका क्षेत्रीय प्रवक्ता मिलन पुडासैनी, लोकतान्त्रिक बाम गठबन्धन जिल्ला अनुगमन समिति मकवानपुरका संयोजक रामचन्द्र अधिकारी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*