थाहामा गठबन्धनको वडा स्तरीय प्रचार कमिटी गठन

छहारी संवाददाता
कार्तिक १६, २०७९

बाम लोकतान्त्रिक गठबन्धनको थाहा नगरपालिका अन्तरगत बिभिन्न वडामा संयुक्त चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ । गठबन्धनको थाहा नगरस्तरीय प्रचारप्रसार समितिका सचिव तथा नेकपा माओबादी केन्द्र थाहा नगर सचिव लक्ष्मण बिष्टका अनुसार थाहा नगरपालिकाको वडा नं ३ मा राष्ट्रिय जनमोर्चाको थाहा नगर अध्यक्ष दिनेश बिष्टको संयोवकत्वमा ३७ सदस्यीय प्रचारप्रसार कमिटी गठन भएको छ ।

त्यस्तै वडा नं। ४ मा नेपाली कांग्रेस वडा सभापति श्रीकृष्ण के।सी।को संयोजकत्वमा ४१ सदस्यीय प्रचारप्रसार कमिटी गठन भएको छ । कमिटिको सहसंयोजकमा नेकपा माओबादी केन्द्रका वडा अध्यक्ष जमिन दियाली र नेकपा एकीकृत समाजबादीका घनश्याम बल रहेकाछन् ।

यसैगरी वडा नं। ५ मा नेकपा माओबादी केन्द्रका सुमन वाईवाको संयोजकत्वमा १९ सदस्यीय, वडा नं। ९ मा नेकपा माओबादी केन्द्रका नगर कमिटि सदस्य सञ्जय बलामी संयोजक र नेपाली कांग्रेसका सानु जिम्बा लामा सहसंयोजक रहनेगरी ५१ सदस्यीय प्रचारप्रसार कमिटी गठन भएको छ ।
साथै वडा नं. १० मा नेपाली कांग्रेस वडा सभापति कुल चन्द्र अर्यालको संयोजकत्वमा ३१ सदस्यीय प्रचारप्रसार कमिटी गठन भएको छ । कमिटिको सह संयोजकमा नेकपा माओबादीका रामकृष्ण गोपाली, सचिवमा एकीकृत समाजवादीका सिद्धि बहादुर घर्ती मगर रहेका छन् ।

वडा नं। ११ मा नेपाली कांग्रेस वडा सभापति सुमन गोलेको संयोजकत्वमा १३ सदस्यीय र १२ मा जयबहादुर स्याङ्तान संयोजक र राजु गोले सहसंयोजक रहनेगरी १३ सदस्यीय प्रचारप्रसार कमिटी गठन भएको छ ।

बाँकी रहेका वडाहरुमा यही कात्तिक १७ गते प्रचारप्रसार कमिटी गठन गठन हुने बाम लोकतान्त्रिक गठबन्धनको थाहा नगर निर्वाचन प्रचारप्रसार कमिटीका संयोजक प्रमोदकृष्ण जोशीले बताउनुभयो । जोशीका अनुसार वडा निर्वाचन प्रचारप्रसार कमिटीले निर्वाचन शिक्षा, प्रचारप्रसार लगायतको कार्य गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*