मकवानपुरमा शुक्रबार थप १५७ जना डेंगु संक्रमित थपिए
मकवानपुरमा शुक्रबार थप १५७ जना डेंगु संक्रमित थपिएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा थपिएका १५७ संक्रमित मध्ये सबैभन्दा बढी १४८ जना हेटौंडा उपमहानगरपालिकाका छन् । यस्तै बकैया गाउँपालिकाका ३, भीमफेदी र मनहरी गाउँपालिका २र२ जना तथा राक्सिराङ र अन्य पालिकाका १र१ जना रहेको कार्यालयले जनाएको छ ।
योसंगै मकवानपुरमा श्रावण ४ हजार ५ सय २६ जनामा डेंगु संक्रमण भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । देशको ७७ वटै जिल्लामा फैलिएको डेंगु संक्रमणबाट अहिलेसम्म ५१ जनाको मृत्यु भइसकेको छ भने देशभर ४२ हजार ५०४ जनामा संक्रमण पुष्टि भएको छ ।