मकवानपुरका जनताको सेवा गर्न मेरो उम्मेदवारीः नेकपा एमालेका नेता बर्तौला
नेकपा एमालेका उम्मेदवार महेश कुमार बर्तौलाले मकवानपुरका जनताको सेवक भएर काम गर्न उम्मेदवारी दिएको बताउनु भएको छ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–२ मा नेकपा एमाले वडा कमिटीको आयोजनामा भएको चियापान कार्यक्रममा उहाँले चुनाव जितेपछी प्रत्यक मतदाताको सेवक भएर काम गर्ने बताउनुभयो ।
पालुङ्ग भनेकै अर्गानिक तरकारी उत्पादनको केन्द्र रहेको बताउँदै उहाँले भन्नुभयो–‘थाहामा ५ घण्टा भन्दा बढी समय लागेर स्कुल क्याम्पस आउने अवस्थाको अन्त्य गर्नेछु । दुइ सय जना सम्म बिद्यार्थी अटाउने होस्टल निर्माण गर्नेछु । सार्बजनिक सरकारी कार्यालयको सेवामा जनताको गुनासो नहुने गरेर काम गर्ने छु ।’
भ्रष्टाचार शून्य र शुसान कार्यम गर्न आफु अग्रस्थानमा रहेर काम गर्ने बर्तौलाले बताउनुभयो । पर्यटन बिकासको र पर्यटक थाहामा अड्याउने र थाहालाई बस्न लालायित हुने नगर बनाउने उहाँले बताउनुभयो । पहिले चुनाव जितेकाहरु गाउँ नफर्किएकोमा दुख व्यक्त गर्नुभयो ।
कार्यक्रममा एमाले मकवानपुरका सचिवालय सदस्य पार्बती राना, जिल्ला कमिटीका सदस्य सुरेन्द्रमान प्रधान, पार्टी जिल्ला कमिटी सदस्य तथा थाहा नगर सह इन्चार्ज अचुतम ढकाल लगायतकाको कार्यक्रममा आतिथ्यता रहेको थियो ।