तीन नम्बर पुल नजिक भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुग्यो

२० जना भन्दा बढी घाइते, केहीको अवस्था गम्भिर
छहारी संवाददाता
अशोज २०, २०७९

बाराको अमलेखगञ्ज स्थित तीन नम्बर पुल नजिक भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । २० जना भन्दा बढी घाइते भएका छन् । केहीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

घाइते भएकाहरूलाई हेटौंडा र चितवनका अस्पताल पुर्‍याएपछि डाक्टरहरूले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । १२ जनाको हेटौंडा अस्पतालमा, २ जनाको चुरेहिल अस्पतालमा, १ जनाको मकवानपुर सहकारी अस्पतालमा र अर्का १ जनाको चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक सबैको सनाखत हुन बाँकी छ । घाइतेहरूको चुरेहिल, हेटौंडा र सन्चो अस्पतालमा उपचार भइरहेको छ । गम्भिर घाइतेलाई भरतपुर अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । नारायणगढबाट पथलैया जाँदै गरेको बा प्र ०६–००१ ख ०१० नम्बरको बस जितपुरसिमरा उपमहानगरपालिका २२ मा दुर्घटना भएको हो । बसमा ५१ जना यात्रु रहेका प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*