मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

छहारी संवाददाता
अशोज १५, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । हेटौंडा–२ स्थित पुरानो जिविस भवनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय बनाइएको हो ।

मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला अदालत मकवानपुरका न्यायाधिश ऋषिराम निरौलालाई खटाइएको छ । न्यायाधीश मुकुन्दहरि पौडेललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ । कार्यालय उद्घाटन कार्यक्रममामा बोल्दै मुख्य निर्वाचन अधिकृत निरौलाले आगामी निर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न सबै राजनीतिक दल, सुरक्षा निकाय, मतदाता सबैको भूमिका अपरिहार्य रहेको बताउनुभयो ।

त्यस्तै, प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्ने वाताबरण तयार भइरहेको दाबी गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना लामा, निर्वाचन आयोग बागमती प्रदेश कार्यालयका प्रमुख लुम्बनाथ पोखरेल, सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु एवम् विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । मकवानपुरमा प्रतिनिधि सभाको दुई र प्रदेश सभाका चार वटा निर्वाचन क्षेत्र छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*