हेटौंडा नगर भित्रका ५७ जना ज्येष्ठ नागरिक सम्मानित
ज्येष्ठ नागरिक सम्मान तथा सहभोज कार्यक्रम सम्पन्न भएको छ । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा ज्येष्ठ जागरिक र स्याहारकर्तालाई सम्मान गरिएको हो ।
ज्येष्ठ नागरिक जिल्ला संघ मकवानपुरको आयोजना र हेटौंडा उपमहानगरपालिकाको सहयोगमामा भएको कार्यक्रममा हेटौंडा नगर भित्रका ५७ जना ज्येष्ठ नागरिक सम्मानित भएका थिए । हेटौंडा उपमहानगरपालिकाका प्रत्येक वडाबाट तीन–तीन जना विपन्न ज्येष्ठ जागरिक र एक–एक जना स्याहारकार्ताललाई सम्मान गरिएको हो ।
प्रमुख अतिथि एवं हेटौंडा उपमहानगरपलिकाकी प्रमुख मिना लामाले ज्येष्ठ नागरिकलाई रेडियो, मह, कम्बल हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा प्रत्येक वडाका एक एक जना असल स्याहारकर्तालाई करुवा, घयू मह दिएर सम्मानित गरिएको थियो । ९० वर्ष भन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई स्याहार सुसार गरे बापत हौसला प्रदान गर्न परिवारका सदस्यलाई पनि सम्मान गरिएको ज्येष्ठ नागरिक मञ्च मकवानपुरका अध्यक्ष हरि प्रसाद सिग्देलले बताउनुभयो ।
साथै उपमहानगरपालिका भित्रका १९ वटै ज्येष्ठ नागरिक वडा मञ्चलाई तीन–तीन थानका दरले कुर्सी प्रदान गरिएको थियो । संघले मकवानपुर जिल्लामा सञ्चालित चार वटा आश्रमलाई घयू र मह सहयोग गरेको छ । दिवसको अवसरमा बिहीबार विहान ज्येष्ठ नागरिक प्रभातफेरी कार्यक्रम गरिएको थियो ।
भुटनदेवी माध्यामिक विद्यालयदेखि ॐ वृद्धाश्रम चौकीटोल सम्म प्रभातफेरी गरिएको हो । बागमती प्रदेशकी पुर्व प्रदेश सभा सदस्य मुनु सिग्देलको विशेष आतिथ्यतामा प्रभातफेरी भएको हो । “ज्येष्ठ नागरिक उत्थानशीलता, बदलिँदो विश्वका लागि अपरिहार्यता” भन्ने नारा सहित अक्टोबर १ का दिन अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ