“प्रचण्डको नेतृत्वमा मात्र समाजवादी उज्यालो सम्भव” – युवा नेता गौतम 

छहारी संवाददाता
अशोज १३, २०७९

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा युवा नेता विजय गौतमले परिवर्तनको नायक सावित भएका प्रचण्डको नेतृत्व कौशलमा मात्र मुलुकमा समाजवादको उज्यालो सम्भव रहेको बताउनु भएको छ ।

अनेरास्ववियू (क्रान्तिकारी) मकवानपुरद्वारा दशैं, तिहार, छठ तथा ल्होसारको पूर्वसन्ध्यामा बिहिबारआयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । नेता गौतमले मुलुकलाई पछाडी फर्काउन कोशिस गर्नेहरुले सम्बृद्धि र सुशासनको नेतृत्व गर्न नसक्ने भन्दै केपी ओलीले मास्न खोजेको संविधान र लोकतन्त्र प्रचण्डको नेतृत्व कौशलताले बनेको ५ दलीय गठबन्धनको कारण जोगिएको ठोकुवा गर्नुभयो ।

गठबन्धन साझेदार दल र नेताको भूमिका स्मरणीय भएपनि मुलुकलाई समाजवादको उज्यालो तर्फ डोर्याउने सामर्थ्य र अठोट प्रचण्डमा नै देखिएको उहाँको भनाई छ । मुलुकलाई पछाडी फर्काउन खोज्ने प्रतिगामी पार्टी र नेताहरुको सोच केवल दिवास्वप्नमा सीमित हुने दावी गर्दै नेता गौतमले ओलीले एमालेलाई त्यतै लतारेर घॅाटी जोड्न बाध्य बनाउन लागेकोले एमाले भित्र रहेका सच्चा कम्युनिष्टहरुले प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सभासद प्रल्हाद लामिछानेले पश्चगामीहरु बीच बढिरहेको ध्रुविकरणले परिवर्तनकारीको मूल शक्तिको रुपमा रहेको माओवादी केन्द्रको महत्व झन् बढेको बताउनुभयो । नेता लामिछानेले बाम लोकतान्त्रिक गठबन्धन कसैको रहरमा नभई मुलुकको आवश्यक्तामा बनेको चर्चा गर्नुभयो ।

कार्यक्रममा मकवानपुर बहुमुखि क्याम्पसका प्रमुख डाक्टर शंकरप्रसाद उपाध्याय, हेटौंडा क्याम्पसका सहायक क्याम्पस प्रमुख देविराम लामा, नेविसंघका जिल्ला सभापति राजु खतिवडा लगायतले शुभकामना मन्तव्य राखेका थिए। अखिल ९क्रान्तिकारी०का बागमति प्रदेश उपाध्यक्ष दिनेश सुवेदी, नेकपा(माओवादी केन्द्र)का जिल्ला कार्यलय सचिव परशुराम गौतम, किसान महासंघका जिल्ला अध्यक्ष यज्ञ तिमल्सिना, घाईते, अपांग संगठनका जिल्ला अध्यक्ष भगवति तिमल्सिना लगायतको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता क्रान्तिकारीका जिल्ला अध्यक्ष श्रवण बर्तौलाले गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*