मकवानपुरमा सवारी दुर्घटना न्यूनीकरण अभियान सञ्चालन

छहारी संवाददाता
अशोज १३, २०७९

जिल्ला प्रहरी कार्यालय मकवानपुरले सवारी दुर्घटना न्यूनीकरण अभियान सञ्चालन गरेको छ ।

प्रहरीले यात्रुबाहक सवारी चालकको फिल्डमै मादक पदार्थ र लागू पदार्थ सेवनको परीक्षण सुरु गरेर अभियान सञ्चालन गरेको हो । चाडपर्वको समयमा धेरै सवारी दुर्घटना भइरहेको सन्दर्भमा प्रहरीले यात्रु र चालकलाई सचेत गर्न विहीबारबाट अभियान सुरु गरेको हो ।

हेटौंडा–१, चौकीटोलस्थित तिरतिरे धारा नजिकै अभियानको सुरुवात गर्दै मकवानपुर प्रहरी प्रमुख उपरीक्षक बामदेव गौतमले सुरक्षित यात्राका लागि सवै सचेत हुन जरुरी रहेको औंल्याउनुभयो ।

उहाँले नियमितरुपमा विभिन्न स्थानमा मापसे र लापसे परीक्षण गरिने बताउनुभयो । उहाँले लापसे परीक्षण किट थोरैहुँदा समस्या भएको समेत बताउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*