मानव अधिकार रक्षकको संरक्षण र सम्बद्र्धनमा सरोकारवालाको जोड
मानव अधिकार रक्षकको संरक्षण र सम्बद्र्धनमा जोड दिइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बिहिबार हेटौंडामा आयोजना गरेको अन्तरक्रियामा वक्ताहरुले यसमा जोड दिएका हुन् ।
इन्सेक बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको कार्यक्रममा गैरसरकारी संस्था महासंघ केन्द्रीय सचिव बुद्धशरण लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गैरसरकारी संस्था बागमती प्रदेश अध्यक्ष आरती पाठक, माइती नेपालकी माया लामा, राडो नेपालका कृष्ण धिताल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सञ्चारकर्मी शिवकुमार काशीले मानव अधिकार रक्षकको संरक्षण र सम्बद्र्धनको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने इन्सेक प्रदेश संयोजक गणेश भण्डारीले कार्यक्रममाथि प्रकाश पार्नु भएको थियो ।