बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई मातृशोक
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ । उहाँहरुका आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।
मनमाया काठमाडौंको सितापाइलास्थित कान्छो छोरा दीपेन्द्र पाण्डेको घरमा बस्दै आउनु भएको थियो । आज बिहान ४ बजे मुख्यमन्त्रीका आमाको निधन भएको मुख्यमन्त्रीका निजी सचिब अच्युत लामिछानेले जानकारी दिनुभयो । आमाको निधन भएसंगै मुख्यमन्त्री पाण्डेका सबै पूर्व निर्धारित कार्यक्रमहरु स्थगित भएको लामिछानेले बताउनुभयो ।
मुख्यमन्त्री पाण्डे हेटौंडामा र एमाले नेता सुरेन्द्र पाण्डे चितवनमा हुनुहुन्थ्यो । दुवै छोरा आज बिहान काठमाडौं आइपुग्दैहुनुहुन्छ । काठमाण्डौं पुगिसकेपछी आजै पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।