एमाले मनहरीमा आज पनि ५२ जनाले गरे पार्टी परित्याग

छहारी संवाददाता
अशोज १३, २०७९

नेकपा एमाले मनहरीमा आज पनि ५२ जनाले पार्टी परित्याग र वडा कमिटी भंग भएको घोषणा गरेका छन् ।

नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला सचिवालय सदस्य मनिला बिष्टलाई पुनः पार्टी प्रवेश गराएसँगै एमाले मनहरीमा पार्टी परित्याग गर्ने क्रम चलिरहेको छ । बिष्ट मंगलबार एमालेमा फर्किएपछि असन्तुष्ट बनेका ५ नम्बर वडा कमिटीका पदाधिकारीले बुधबार नै एमाले परित्यागको घोषणा गरेका थिए ।

जिल्ला कमिटीका सदस्य शुभराज थिङ सहित ६५ जनाले हस्ताक्षर गरी एमाले परित्यागको घोषणा गरेको भोली पल्ट आज मनहरी ८ को एमाले कमिटि समेत भंग भएको हो ।

मनहरी–८ का वडा अध्यक्ष सूर्यलाल स्याङ्तान सहित ५२ जनाले एमाले परीत्याग गरेका हुन । एमाले स्थानीय नेता दीलबहादुर स्याङ्तानको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । उनीहरुले पार्टीको स्थानीय कमिटीसँग छलफल नै नगरी विष्टलाई भित्र्याएको भन्दै आक्रोश समेत पोखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*