प्रदेश प्रमुख शर्माद्वारा प्रदेश स्वास्थ्य सेवा सम्बन्धी अध्यादेश जारी
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ । बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भई आएको अध्यादेश जारी गर्नुभएको हो ।
नेपालको संविधानको धारा, २०२ को उपधारा, १ बमोजिम उहाँले अध्यादेश जारी गर्नुभएको हो । अध्यादेशले प्रदेशभित्रको स्वास्थ्य तथा जनसंख्या सेवा सम्बन्धी कामकारवाहीलाई प्रभावकारी नियमन गर्न तथा नीतिगत निर्देशनका लागि स्वास्थ्यमन्त्रीको अध्यक्षतामा प्रदेश स्वास्थ्य तथा जनसंख्या समिति गठन हुने व्यवस्था गरेको छ ।
त्यस्तै, अध्यादेशले प्रदेश सरकार मातहतका अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रका लागि छुट्टाछुट्टै स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति गठन हुने व्यवस्था गरेको छ । यसअघिको प्रदेश सरकारबाट जारी ’प्रदेशभित्रका अस्पतालको संचालन र व्यवस्थापन आदेश, २०७५’ खारेज भएको छ ।