मकवानपुरमा डेगुं संक्रमितको संख्या २ हजार ७ सय ६४
मकवानपुरमा डेगुं संक्रमितको संख्या २ हजार ७ सय ६४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ सय ८५ जनामा संक्रमण पुष्टि भएसँगै डेगु संक्रमितको संख्या २ हजार ७ सय ६४ पुगेको हो । ९० प्रतिशत संक्रमित हेटौंडा उपमहानगर भित्रका रहेका छन् ।
अहिलेसम्म हेटौंडामा मात्रै २ हजार ४ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ । थाहा नगरपालिकाका ५६ ,मकवानपुरगढी गाउँपालिकाका ४९, मनहरीका १ सय ३, भिमफेदी गाउँपालिकाका २६ जनामा डेंगु संक्रमण पाइएको छ ।
त्यस्तै, बकैया गाउँपालिकाका १५ , बागमती गाउँपालिका ६ जना, राक्सिराङ गाउँपालिकाका ३ र कैलाश ५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । ठेगाना नखुलेका ५ जना रअन्य जिल्लाका २ जना संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
इन्द्रसरोवर गाउँपालिका बाहेक मकवानपुरका सबै स्थानीय तहमा डेंगु संक्रमित भेटिएको छ । मकवानपुरका डेंगुका कारण हालसम्म एक जनाको मृत्यु भएको छ ।