शारीरिक अशक्त ५ जनालाई ह्विलचेयर प्रदान

छहारी संवाददाता
अशोज १२, २०७९

हेटौंडा उपमहानगरपालिकाले शारीरिक अशक्त पाँच जनालाई ह्विलचेयर प्रदान गरेको छ ।

दैनिक जीवनयापनको क्रममा घर बाहिर समेत निस्कन असहज भइ थलिएर बसेका उपमहानगरपालिकाका ४ वटा वडाका ५ जनालाई उपमहानगरले बुधवार ह्विलचेउर प्रदान गरिएको हो ।

शारीरिकरुपमा अशक्त हेटौंडा–१४ का मानबहादुर बल, १३ की दिलमाया स्याङतान, १९ का कुमार अर्याल, श्यामबहादुर बल र हेटौंडा–३ का शेषानन्द घोरासैनीलाई उपमहानगरकी मेयर मिना कुमारी लामाले ह्विचेयर प्रदान गर्नु भएको हो ।

आर्थिक वर्ष २०७९/०८० मा वडा तहबाट सिफारीस भएर आएकाको परिवारलाई उपमहानगरले पहिलो पटक सहयोग सामग्री हस्तान्तरण गरेको हो । उनिहरुका परिवारले वडा कार्यालयको सिफारीसमा सहयोग सामग्री माग गर्ने र उपमहानगरले खरिद गरी हस्तान्तरण गर्ने प्रक्रिया निरन्तर चलिरहने महिला तथा बालवालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*