जिसस मकवानपुरको बार्षिक समिक्षा, विभिन्न संघसंस्था र व्यक्तिलाई सम्मान

छहारी संवाददाता
अशोज ११, २०७९

जिल्ला समन्वय समिति मकवानपुरको बार्षिक समिक्षा बैठक आज हेटौंडामा भएको छ । समिक्षा बैठकको बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन् गर्नुभयो ।

समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, जिल्ला समन्वय समितिका उपप्रमुख सानुकाजी लुइटेल, थाहा नगरपालिकाका प्रमुख विष्णु विष्णु विष्ट, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य राजन थापा, नेकपा माओबादी केन्द्र मकवानपुरका अध्यक्ष सर्केस घलान लगायतकाको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मकवानपुरका दश वटै स्थानीय तह, जिल्लाका दुइ वटै डिभीजन वन कार्यालय, स्वास्थ्य कार्यालय, सिंचाइ तथा जलश्रोत कार्यालय र गैरसरकारी संस्था महाँसंघका प्रतिनिधीहरुले आफ्ना प्रस्तुतीकरण गर्नु भएको मकवानपुरका निमित्त समन्वय अधिकारी सुनिता कुमारी गजुरेलले बताउनुभयो ।

कार्यक्रममा हेटौंडाका समाजसेवी सिद्धीलाल श्रेष्ठ, महिला तर्फ बबीता बानियाँ, सहकारी तर्फ, मनकामना दुग्ध उत्पादक सहकारी संस्था, महिला मिलन बचत तथा ऋण सहकारी संस्था, इसीडी सञ्चालीत आधारभूत बिद्यालयमा संखरेस्वरी प्रावि बकैयाँ, झम्केश्वरी समुह पालुङ, गिता कृषि फार्मकी गिता रेग्मी हेटौंडा, कर्मचारी तर्फ बकैयाँ गाउँपालिकाका अनमी सर्मिला जिम्मा, भीमफेदी गाउँपालिकाका लेखापाल तोयानाथ तिवारी, जिल्ला समन्वय समिति मकवानपुरका कार्यालय सहयोगी सोममायाँ स्याङतान, गैरसरकारी संस्थाहरुमा सिवीन नेपाल, राडो नेपाल र माइती नेपाललाई सम्मान गरिएको गजुरेलले बताउनुभयो ।

यसैगरी सूचना प्रविधिमा जिल्लामै उत्कृष्ट काम गरेको भन्दै मकवानपुरको थाहा नगरपालिकालाई आजै सम्मान गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*