शिविरमा ७४ जनाले जाँच गराए
मनहरी गाउँपालिका वडा नम्वर ५ मा एकदिने निःशुल्क पाठेघर जाँच शिविर सम्पन्न भएको छ ।
नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोग र मनहरी गाउँपालिका वडा नम्वर ५ को समन्वयमा कार्यक्रम भएको हो ।
बस्तिपुर जेसीज हाँडीखोलाको आयोजनामा भएको शिविरमा ७४ जनाले पाठेघरको मुखको क्यान्सर सम्बन्धी जाँच गराएका थिए । बस्तिपुर जेसिजका अध्यक्ष रमेश उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष दीपेन्द्र अधिकारीको प्रमुख आतिथ्यता थियो ।