हेटौंडा अस्पताललाई एकसय वटा डेंगु परीक्षण किट सहयोग तथा रक्तदान कार्यक्रम सम्पन्न
हेटौंडा अटोमोबाइल्स एशोसिएशन तथा नाडा अटोमोबाइल्स एशोसिएशनले हेटौंडा अस्पताललाई एकसय वटा डेंगु परीक्षण किट सहयोग गरेको छ ।
एशोसियसनले हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रामचन्द्र सापकोटालाई किट हस्तान्तरण गरेको हो । हेटौंडामा अहिले डेंगु संक्रमितको संख्या बढिरहेको तर परीक्षण किटको अभाव देखिएकाले किट सहयोग गरेको एशोसिएशनले जनाएको छ ।
एशोसियसन मकवानपुर अध्यक्ष दामोदर प्रसाद अटलको अध्यक्षतामा भएका कार्यक्रमहरुमा पुर्ब अध्यक्ष सुरेश श्रेष्ठ, निवर्तमन अध्यक्ष सागर सापकोटा, नाडा अटोमोबाईल्स एशोसियसन अफ नेपालको बागमती प्रदेश संयोजक सुदेश कुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष ऋषि कुमार ढकाल, उपाध्यक्ष धर्म धिमाल, महासचिव दिपेन्द्र कुमार उप्रेती सचिव जितेन्द्र तिवारी र कोषाध्यक्ष गोपिराम बन्जारा लगायत सदस्यहरुको उपस्थिति थियो ।
यस्तै हेटौंडा एशोसिएशनले रक्तदान कार्यक्रम पनि गरेको छ । हेटौंडाको बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा २२ जना पुरुष र १ महिला गरी २३ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले गर्नु भएको थियो ।