मकवानपुरमा डेंगु संक्रमितको संख्या २ हजार नाघ्यो
मकवानपुरमा डेगुं संक्रमितको संख्या २ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ३१ जनामा डेंगी संक्रमण पुष्टि भएसँगै डेगु संक्रमितको संख्या २ हजार १ सय ८ पुगेको छ ।
९१ प्रतिशत संक्रमित हेटौंडा उपमहानगर भित्रका रहेका छन् । हेटौंडामा मात्रै १ हजार ९ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ । थाहा नगरपालिकाका ३७ र मकवानपुरगढी गाउँपालिकाका ३७, मनहरीका ६७, भिमफेदी गाउँपालिकाका १४ जनामा डेंगु संक्रमण पाइएको छ ।
त्यस्तै, बकैया गाउँपालिकाका १२, बागमती गाउँपालिका ३ जना र राक्सिराङ र कैलाश गाउँपालिकाका एक एक जनामा डेंगु संक्रमण पुष्टि भएको छ । ठेगाना नखुलेका ४ जना संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका डेंगुका कारण हालसम्म एक जनाको मृत्यु भएको छ ।