भलिबल खेलको विकासका लागि हेटौंडा उपमहानगर सदैव तयारः उपमेयर बानियाँ

छहारी संवाददाता
अशोज ६, २०७९

हेटौंडा उपमहानगरपलिकाका उपमेयर राजेश बानियाँले भलिबल खेलको विकासका लागि उपमहानगर सदैव तयार रहेको बताउनुभएको छ ।

केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरको आयोजनामा बिहीबारबाट शुरु भएको चौंथो संस्करणको उपमेयर कप भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै प्रमख अतिथि बानियाँले राष्ट्रिय स्तरको भलिबल मैदान निर्माणको लागि उपमहानगरले यथेष्ट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

हेटौंडामा भलिबल मैदान निर्माणको लागि जुट्न भलिबलसंघलाई आग्रह गर्नुभयो । उपमेयर बानियाँले खेलको माध्यमबाट उपमहानगरलाई चिनाउने उल्लेख गर्नुभयो । हेटौंडाका जनप्रतिनिधिलाई हर्क, बालेन जस्तो भएन भनेर गुनासो आइरहेको बताउँदै उपमेयर बानियाँले अर्काको घर टहरा भत्काएर भन्दा खेलको अस्त्र प्रयोग गरेर उपमहानगरलाई समृद्ध बनाउने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु, खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गी, जिल्ला भलिबल संघका अध्यक्ष बसन्तकुमार सिटौला लगायत खेल क्षेत्रका व्यत्तित्वहरुको उपस्थिती थियो । प्रतियोगीतामा पुरुषतर्फका ११ र महिलातफर्का ९ वटा टिम गरि २१ टिमले सहभागीता जनाएका छन् ।

असोज ९ गतेसम्म हुने प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ, उपविजेताले २५ हजार रुपैयाँ नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि हेटौंडा उपमहानगरले २ लाख ५० हजार बजेट उपलब्ध गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*