मकवानपुरमा मतदाता संख्या वृद्धिः निर्वाचन आयोग

स्थानीय तह निर्वाचन पछि मकवानपुरमा ५ हजार ८ सय १४ मतदाता थपिए
छहारी संवाददाता
अशोज ४, २०७९

आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि मकवानपुरमा मतदाताको संख्या बढेको छ ।

स्थानीय तह निर्वाचन पछि मकवानपुरमा ५ हजार ८ सय १४ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ । मकवानपुरमा कुल मतदाताको संख्या ३ लाख ७ सय ३३ पुगेको छ । जसमध्ये १ लाख ५३ हजार ५ सय २८ पुरुष, १ लाख ४७ हजार २ सय महिला र अन्य पाँच मतदाता रहेका छन् ।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा मकवानपुरमा मतदाता संख्या संघ २ लाख ९४ हजार ९ सय १९ थियो । मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १ लाख ५० हजार १ सय ५५ मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नं. २ मा १ लाख ५० हजार ५ सय ७८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

आगामी निर्वाचनका लागि २ मतदान स्थल र ८ केन्द्र थप गरिएको छ । मकवानपुरमा १६७ मतदान स्थल र ३ सय ६४ मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*