नवौं राष्ट्रिय खेलकुदकोे रनिङ ट्रफी हेटौंडामा(तस्विर सहित)

छहारी संवाददाता
अशोज ३, २०७९

सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण गरेको ट्रफी हेटौंडा ल्याइएको छ । नवौं राष्ट्रिय खेलकुदको लागि निर्माण गरिएको रनिङ ट्रफी प्रदर्शनीका लागि हेटौंडा ल्याइएको हो ।

सातै प्रदेशमा ट्रफी भ्रमण गराउने निर्णय अनुसार बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबार ट्रफी ल्याइएको हो । मुख्य मन्त्री राजेन्द्र पाण्डको उपस्थितीमा ट्रफी प्रदर्शनी गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्कोे कार्यालयमा एक कार्यक्रमकाबीच ट्रफी प्रदर्शनी गरिएको हो ।

ट्रफि प्रर्दशनीमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेल, आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा, खानेपानी उर्जा तथा सिंचाई मन्त्री बसन्तप्रसाद मान्नधर, श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल, वन तथा वातावरण मन्त्री विशाल खड्का, युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकाल, कृषी तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हँुमागाई, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम पौडेल, प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, खेलाडी, प्रशिक्षक लगायतको उपस्थिति थियो ।

सुदूरपश्चिम प्रदेशबाट सुरु भएकोे ट्रफी टूर लुम्बिनी प्रदेश हुँदै बागमती प्रदेश आइपुगेको हो । ट्रफीलाई अब मधेश प्रदेश, प्रदेश १, कर्णाली प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र एन.आर.एन.एको मुख्यालयमा लगिने छ । अन्तिममा ट्रफीलाई राष्ट्रिय खेलकुदको मुख्य आयोजना स्थल पोखरामा पु¥याइने छ ।

तस्विरः दिपक विष्टको फेसबुकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*