विद्यार्थीलाई खोला तार्नु प्रधानाध्यापकको दैनिकी

भिजेकै लुगाले पढाउन बाध्य
छहारी संवाददाता
अशोज ३, २०७९

२ कोठाको कच्ची भवन त्यो पनि भुकम्पले एकपाखो भत्केको । मकवानपुरको बकैया गाऊँपालिका १२ धेत्रे दमारमा रहेको कालाभैरव प्राथमिक विद्यालयमा अध्ययन गर्न आउने बिद्यार्थीलाई बिहान ९ बजे खोला तार्नु उक्त विद्यालयका प्रधानाध्यापक चेतबहादुर घलेको दैनिकी नै बनेको छ । बिद्यालय जानको बाटोमा पर्ने सिमात खोलामा पुल नभएको कारण विद्यार्थीलाई खोला तार्नु उहाँको दैनिकी बनेको हो ।

बिद्यार्थीलाई खोला तारेर विद्यालय पुगेर भिजेकै कपडामा अध्यापन गराउने गरेको प्रअ घलेले बताउनुभयो । २०७० सालबाट शिक्षण पेशामा लाग्नुभएका ३९ बर्षिय घलेले करिब ८ महिना अगाडी घर नजिक रहेको उक्त विद्यालयमा सरुवा प्रक्रिया मिलाएर आउनुभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ“ घर पाएक पारेर त आइयो तर बच्चाको सुरक्षाको कारण भिजेकै लुगाले पढाउन बाध्य छु ।” खोला तारेर विद्यालय पु¥याइएको विद्यार्थीलाई पढाउनको लागि विद्यालय भवनको पनि एकपाखो पर्खाल भुकम्पको कारण जोखिम भैसकेको उहाँ बताउनुहुन्छ ।

बर्षातमा मौसम हेरेर कहिलेकाँही त बिचमा नै विद्यालय छोडेर विद्यार्थी सहित खोला तरिहाल्नुपर्ने बाध्यता रहेको प्रअ घलेले जानकारी दिनुभयो अझ केही बालबालिका खोलाको जोखिमकै कारण उक्त विद्यालय नआएको उहाँको भनाई छ । उहाँले आफु कालाभैरबमा आइसकेपछी त्यहाँको अबस्था देखेर पटक पटक वडा, पालिका र मन्त्रालयसम्म विद्यालय भवन र पुलको बिषय लिएर अनुरोध गर्न पुगेको बताउनुहुन्छ । उक्त स्थानबाट नजिक रहेका अरु २ वटा विद्यालय पनि छन् तर उक्त विद्यालयहरुमा पुग्न पनि १ देखी २ घण्टा थप समय लाग्ने प्रअ घलेले जनाउनुभयो ।

कक्षा ३ सम्म अध्ययन हुने विद्यालय भवन निर्माणको लागि बिभिन्न निकायमा पहल गर्दा एस्थर बेन्जामिन र चाईल्ड रेस्क्यु नामक सामाजिक संस्थाले असार महिनामा २ कोठे भवन बनाउने प्रतिबद्धता जनाएको तर सम्झौता भने हुन बाँकी रहेको प्रअ घलेले जानकारी दिनुभयो । बालकक्षा, १, २ र ३ गरेर ४ वटा कक्षा कोठा र अफिस सञ्चालनको लागि १ गरी ५ वटा कोठाको भौतिक संरचनाको आबश्यक्ता रहेको उहाँको भनाई छ ।

सिमात खोला तर्न बर्षामा बिद्यार्थीहरुले समस्या भोग्नु परेको उहाँको भनाई रहेको छ । प्रअ घलेको अनुसार तामाङ समुदायको बाहुल्यता रहेको यस बिद्यालयमा हाल २७ जना बिद्यार्थीहरु अध्ययनरत रहेका छन । जसमध्ये छात्रा १७ र छात्र १० जना रहेको बिद्यालयले जनाएको छ ।
हाल यहाँ बालकक्षा देखि कक्षा ३ सम्मको अध्ययन हुने गरेको छ । बकैयाको धेत्रे, चुवार पाखा, गोदाम डाडा, अंजिगरे लगायतका स्थानबाट बिद्यार्थीहरु करिव ४५ मिनेट पैदल हिडेर बिद्यालय पुग्ने गरेका छन् ।

भदौं ३१ गते ठुलो पानी परेका कारण बिद्यार्थीहरुले खोला तर्न नसक्दा परीक्षा स्थगित गर्नुपरेको प्रअ घलेले बताउनुभयो । बिद्यालयले हाल लिईरहेको त्रैमासिक परीक्षामा सहभागि हुन बिद्यार्थीहरु आउन नसकेपछि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिजयसिं घिसिङ उहाँले बताउनुभयो । प्रअ संगै बिद्यार्थीलाई खोला तार्न जाने गरेको उहाँले बताउनुभयो

धेत्रे र चुवार पाखाका बालबालिकाहरु बकैयाको सिमात खोला तरेर बिद्यालयमा अध्ययन गर्न तथा परीक्षा दिन जाने गरेको स्थानीय समाजसेवी रुपेन घलेले जानकारी दिनुभयो । भदौं ३० गतेदेखि सुरु भएको त्रैमासिक परीक्षा असोज ५ गतेसम्म संचालन हुने र खोला बढेको कारण शिक्षक र स्थानियले साना बालबालिकालाई खाला तारिदिने गरेको उहाँको भनाई छ ।

यहाँका स्थानीय, अभिभावक तथा बिद्यालयका प्रअले पनि झोलुङ्गे पुल नहँुदा बिद्यार्थी बिद्यालय आउन परेको समस्या बारे पालिका तथा वडालाई जानकारी गराएपनि यस स्थानमा झोलुङ्गे पुल निर्माण गर्न सरोकारवाला निकायले चासो नदेखाएको उनीहरुको गुनासो छ ।
२०५३ सालमा स्थापना भएको यस बिद्यालयमा राहत दरबन्दी १ जना प्रध्यानाध्यापक र १ जना कार्यालय सहयोगी मात्रै रहेका छन् । बालकक्षा शिक्षिका भने अभाव रहेको बिद्यालयले जनाएको छ ।रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*