मकवानपुरमा पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता हुँदै
नेपाली हरुको आसन्न महान पर्वहरुकोे अवसरमा नेपाल खेलकुद महासंघ समाजवादीले प्रथम नेकोस खुल्ला पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । मकवानपुरमा नै पहिलो हुन लागेको यो प्रतियोगिता असोज १० गते हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
निर्धारित ९० मिनेटको समयमा पनि नतिजा आउन नसकेमा अतिरिक्त समय थपिन्छ । थप गरिएको समयमा पनि कुनै निर्णय नआएको खण्डमा पेनाल्टी सुट आउटको प्रयोग गरिन्छ । राम्रा खेलाडीहरु पनि पेनाल्टीमा चुक्ने हुँदा यसको महत्व बुझाउने उद्देश्यले अभ्यासको लागि प्रतियोगिता गर्न लागिएको महासंघका केन्द्रीय सदस्य निरज सिह ठकुरीले बताउनुभयो ।
प्रतियोगितामा जिल्ला र जिल्ला बाहिरका गरि २५ टिमको सहभागीता रहने छ । प्रतियोगितामा प्रथम हुनेले ३३ हजार ३ सय ३३ रुपैँया र दोस्रो हुनेले २२ हजार २ सय २२ रुपैँया पुरस्कार प्राप्त गर्ने ठकुरीले बताउनुभयो । प्रतियोगिताका लागि करिब १ लाख खर्च हुने आयोजकको अनुमान छ ।