आत्महत्या दर बढ्दै जानु चिन्ताको विषयः मुख्यमन्त्री पाण्डे
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री पाण्डेले आत्महत्या दर बढ्दै जानु चिन्ताको विषय भएको बताउनुभएको छ । प्रदेश प्रहरी कार्यालय बागमतीले आयोजना गरेको आत्महत्या रोकथाम सम्वन्धी समेचनामुलक कार्यक्रममा बोल्दै आत्महत्यालाई रोक्न सचेतनामुलक कार्यक्रमहरुमा जोड दिनुपर्ने बताउनुभयो ।
मानसिक स्वास्थ्यको विषयमा प्रदेश सरकार गम्भिर रहेको उहाँले उल्लेख गर्नुभयो । आत्महत्या रोकथामका लागि समुदाय, नेपाल प्रहरी, स्थानीय तह र सामाजिक संघ संस्थाकोे सहकार्य आवश्यक रहेको मुख्यमन्त्री पाण्डेले औंल्याउनुभयो । प्रदेश सरकारले पनि सरोकारवालासँगको सहकार्यमा सचेतना अभियान सञ्चालन गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण खनाल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे लगायतको आतिथ्यता थियो । प्रदेश प्रहरी कार्यालय बागमतीकी प्रहरी नायव महानिरिक्षक किरण बर्जाचार्यको अध्यक्षतामा कार्यक्रम भएको हो ।