सकारात्मक पक्षको समिक्षा गर्नु आवश्यक:प्रदेश प्रमुख शर्मा

छहारी संवाददाता
अशोज १, २०७९

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले सकारात्मक पक्षको समिक्षा गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

बागमती प्रदेश सचिवालयले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले नकारात्मक कुराहरु छोडेर सकारात्मक कामको समिक्षा गरिएमा आगामी दिनको कार्यशैलीलाई अगाडी बढाउन सहज हुने बताउनुभयो ।

संघीय प्रणाली एवम् प्रदेशको सवलीकरणमा सांसदहरुले निभाएको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।  इतिहासप्रति गौरवबोध गर्नसके मात्र वर्तमान जग बसाल्न सकिने उल्लेख गर्नुभयो ।  प्रदेश प्रमुख शर्माले संघीयता विरोधीबाट भएका गतिविधिको कुनै अर्थ नरहेको उल्ल्ेख गर्दै यसमा रुमलिन आवश्यक नरहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*