यसै आर्थिक वर्षमा प्रदेश संरचना निर्माण सुरु हुन्छः मुख्यमन्त्री पाण्डे

छहारी संवाददाता
अशोज १, २०७९

प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रदेशका संरचना निर्माणका लागि केही दिनभित्र ५५ बिगाह जग्गा प्राप्त गर्ने बताउनुभएको छ ।

बागमती प्रदेश सचिवालयले आयोजनां शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मुख्यमनत्री पाण्डेले चालु आर्थिक वर्षभित्र हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ शिवम् सिमेन्ट नजिकै करिब ५५ बिगाह जमिन भवन निर्माणका लागि प्राप्त गर्ने बताउनुभएको हो ।

यसै आर्थिक वर्षमा प्रदेश संरचना निर्माण सुरु हुने बताउनुभयो । प्रदेशसभा भवन, मुख्यमन्त्रीको कार्यालय, प्रदेश लोक सेवा आयोगको भवन, मुख्य न्याधिवक्ताको कार्यालय, मन्त्रालयका भवन एकै स्थानमा बन्ने बताउनुभयो । भवन निर्माणका लागि १ अर्ब ५ करोड बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मेडिकल कलेज भवन निर्माणका लागि हेटौंडा १७ डिपोचौरमा १२ बिगाह जमिन लिन लागिएको जानकारी दिनुभयो । हेटौंडा अस्पताललाई २ सय बेड क्षमतामा बिस्तार गरी मृगौला प्रत्यारोपण सेवा दिइने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*