प्रदेश सरकारले केही काम गरेन भन्नेहरु कुन मुख लिएर भोट माग्न जानुहुन्छ? -डोरमणी पौडेल

छहारी संवाददाता
अशोज १, २०७९

बागमती प्रदेशका पुर्वमुख्यमन्त्री डोरमणी पौडेलले बागमती प्रदेश सरकारले अधिकतम् काम गरेको दाबी गर्नुभएको छ ।

बामगती प्रदेश सभाद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पूर्वमुख्यमन्त्री पौडेलले समस्याका बाबजुद पनि सरकारले काम गरेको बताउनुभएको हो । सरकारले गरेका काममा कहिँ कतै खोट लगाउने ठाउँ नभएको पौडेलको भनाइ छ । संसदमा आउँदाको अवस्था, पहिलो अनुभव, भवनको अभाव, कोरोना महामारी जस्तो अवस्था पनि सरकारले कम गरेको बताउनुभयो ।

प्रदेश सरकारले केही काम गरेन भन्नेहरु कुन मुख लिएर भोट माग्न जानुहुन्छ भन्दै पौडेलले प्रश्न गर्नुभयो । प्रदेश सरकारले गरेका काम जनाता माझ देखाउन आवश्यक रहेको उहाँले औंल्याउनुभयो ।

प्रदेश सरकार सबै पार्टीको साझा सरकार रहेको उल्ल्ेख गर्दै  पौडेलले माओवादी, काँग्रेस, एमाले सबै मिलेर काम गरेको बताउनुभयो । उहाँले सत्ता पक्ष वा प्रतिपक्ष जुन भूमीकामा बसेपनि कुशलतापूर्वक कार्यकाल सम्पन्न गरेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*