राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि मकवानपुरका १६ विद्यालय छनोट

छहारी संवाददाता
भदौ ३१, २०७९

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि मकवानपुरका १६ विद्यालय छनोट भएका छन् । चालु आर्थिक वर्ष २०७९/०८० का लागि आइसीटी ल्याब सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिकाका ३ विद्यालय सहित १४ विद्यालय छनौटमा परेका छन् । त्यस्तै, भवन निर्माणका लागि दुईवटा विद्यालयले अनुदान पाउने छन् ।

राजदेवी माध्यामिक विद्यालय हेटौंडा १७, आधारभूत माध्यामिक विद्यालय हेटौंडा–१५ भोर्ले र त्रिभुवन माध्यामिक विद्यालय हेटौंडा—१६ आइसिटि ल्याब अनुदानका लागि छनौट भएका छन् राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत मकवानपुरगढी गाउँपालिकाका रानीशेरा माध्यामिक विद्यालय र चण्डिका माविले आइसिटि ल्याबका लागि रकम अनुदान प्राप्त गरेका छन् ।

बागमती गाउँपालिकाबाट विष्णु आधारभूत विद्यालय र चौरा आधारभूत विद्यालय छनौटमा परेका छन् । मनहरी गाउँपाििलकाको श्री जनज्योति मावि, बाल जिवन ज्योति मावि, इन्द्रसरोवरको बात्सला देवी मावि, बकैया गाउँपालिकाको बाघ भैरव मवि र जनक मावि, राक्सिराङको कालिका आधारभूत र देविटार आधारभूत विद्यालयले आइसिटि ल्याब सञ्चालनका लागि अनुदान पाएका छन् । आइसिटि ल्याब सञ्चालनका लागि छनौट भएका बिद्यालयले ६ लाख ५० हजारका दरले अनुदान प्राप्त गर्नेछन् ।

अरनीको आधारभूत विद्यालय हेटौंडा १९ र शंकरज्योति आधारभूत विद्यालय हेटौंडा ११ ले चार कोठे भवन निर्माणका लागि अनुदान प्राप्त गरेका छन् । चार कोठे भवन निर्माणको अनुदान ४५ लाख रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*