सामाजिक विषय पढाउने ४४ शिक्षकलाई अभिमुखिकरण

छहारी संवाददाता
भदौ २७, २०७९

सामाजिक विषयको अध्यापन गराउने शिक्षकहरुको संगठन (सोसल स्टडिज टिचर्श एशोसियसन) सोस्टा नेपाल मकवानपुरले एक दिने अभिमुखीकरण कार्यक्रम गरेको छ । सोस्टा नेपालको आयोजना र हेटौंडा स्कुल अफ म्यानेजमेन्टको सहयोगमा कार्यक्रम भएको हो ।

कार्यक्रममा आजीवन सदस्यहरूलाई एक दिने आधारभुत र माध्यामिक तहको परिवर्तित पाठ्यक्रमको बारेमा अभिमुखीकरण गरिएको हो । सोस्टा मकवानपुर उपाध्यक्ष अमृता भट्टको सभाध्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागिलाई शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख दिनानाथ गौतम, चिरञ्जीवी घिमिरे र सम्झना अधिकारीले प्रशिक्षण दिनुभएको थियो ।

अभिमुखिकरण कार्यक्रममा मकवानपुरका विभिन्न विद्यालयमा सामाजिक विषय अध्यापन गराउने ४४ जना शिक्षकको सहभागिता थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*