बागमती प्रदेश मन्त्रिपरिषद बैठकका निर्णयहरु

नेपाल र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने
छहारी संवाददाता
भदौ २७, २०७९

बागमती प्रदेशमा नेवार(नेपाल) भाषा र तामाङ भाषालाई कामकाजी भाषकोरुपमा विकास गर्ने प्रक्रिया अगाडी बढाउने निर्णय गरिएको छ । बागमती प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले हेटौंडा अस्पतालाई मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शैक्षिक अस्पतालको रुपमा विकास गरिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री एबम् प्रदेश सरकारका प्रबक्ता कृष्णशर्मा खनालले जानकारी दिनुभयो । प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ संसोधन गर्न बनेको अध्यादेश २०७९ जारी गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

त्यसैगरी सर्बर डाउन भएर अघिल्लो आर्थिक बर्षको रकम भुक्तानी पाउन नसकेकोमा प्रक्रिया मिलाउने निर्णय गरिएको बताउदै झण्डै डेड अरब रकम भरक्तानी बाँकी रहेको समेत प्रबक्ता खनालले जानकारी दिनुभयो । साथै असोज ३ गते संबिधान दिबस मनाउनको लागि मुख्यमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको समेत प्रबक्ता खनालले जनाउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*