वडाबाट ल्याउनेछौं समाजवाद:मुख्यमन्त्री पाण्डे

छहारी संवाददाता
भदौ २७, २०७९

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले वडाबाट समाजबादको सुरु गरिने बताउनुभएको छ ।

योजना आयोग वाग्मती प्रदेशको मानव विकास प्रतिबेदन लोकार्पण कायक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री पाण्डेले नेपालको जम्मा भुगोल नै वडा वडा रहेकोले देशमा समाजबाद ल्याउन वडामा समाजबाद ल्याउनुपर्ने बताउनुभयो ।

वडाबाट समाजवादको सुरुवात गर्नको लागि नै वाग्मती प्रदेशका ११९ वटा वडाहरुमा समाजबादी वडा कार्यक्रम ल्याउन लागेको बताउनुभयो । समाजबादी वडा कार्यक्रमको लागि शिक्षा स्वास्थ्य रोजगारबाट बञ्चित समुदाय रहेको वडाहरुको छनौट गरिरहेको समेत जनाउनुभयो । भोको पेटको संख्या कम गरेमा राजनीतिक स्थीरता आउने उहाँको भनाई छ ।

भोको पेटले आदर्शको कुरा नबुझ्ने बताउदै मुख्यमन्त्री पाण्डेले आदर्शवान व्यक्तीत्व निर्माणको लागि रोजगारीको व्यवस्था गरिनुपर्ने र उक्त कार्यको लागि प्रदेश सरकारले काम गरिरहेको उहाँले बताउनुभयो ।

नेपालमा सीपयुक्त जनशक्ती उत्पादन गरेर देश विकास गर्न, अर्थतन्त्र बलियो बनाउन, र बाहिर सीपयुक्त जनशक्ती पठाएर धेरै रकम भित्राउन सकिने कारण आफुले सीप सिकाउनको लागि १५ करोड बजेट बिनियोजन गरिएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । चामलका पोका दिन भन्दापनि चामल उत्पादन गर्न सक्ने वा खरिदगर्नसक्ने बनाउन आबश्यक रहेको बताउदै प्रदेश सरकारले उक्त योजना ल्याएको उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*