जलचर प्राणी संरक्षण लागि समिति गठन

छहारी संवाददाता
भदौ २७, २०७९

जलचर प्राणी संरक्षण तथा सम्बद्र्धनका लागि मकवानपुरे जागरुक बनेका छन् ।

यसका लागि मकवानपुरमा विनोद महतको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा सचिव नवराज खतिवडा, कोषाध्यक्ष गोकर्ण सुवेदी रहनुभएको छ ।

यस्तै सदस्यमा कपिल खड्का, गणेश कुमार खड्का, रमेश ढकाल, भीमसेन खड्का, अशोक कुमार बर्तौला र भवनाथ अधिकारी रहनुभएको छ । समितिको संरक्षकमा भीमसेन महत र सल्लाहकारमा नरहरी महत रहनुभएको छ । जलचर संरक्षणका लागि राज्यका निकायलाई जिम्मेवार बन्न प्रेरित गर्ने उद्देश्यले समिति गठन संयोजक विनोद महतले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*