डेंगूका कारण हेटौंडाका बालकको मृत्यु,मकवानपुरमा १ हजार ४५ जनामा संक्रमण
मकवानपुरमा डेंगूका कारण एक बालकको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १ चौकीटोल निवासी १३ वर्षीय बालकको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय बागमती प्रदेश हेटौंडाले जनाएको छ । ललितपुरको ३६ वर्षीय एक पुरुषको पनि डेंगूकै कारण मृत्यु भएको छ । बागमती प्रदेशमा डेंगुका कारण एकैदिनमा दुईजनाको मृत्यु भएको छ ।
बागमती प्रदेशमा हालसम्म डेंगू संक्रमितको संख्या ८ हजार ९ सय १७ पुगेको छ । सबैभन्दा धेरै संक्रमित ललितपुर जिल्लामा रहेको निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले बताउनुभयो ।
ललितपुरमा ३ हजार ७९ जना डेंगू संक्रमित रहेका छन् । मकवानपुरमा १ हजार ४५, काठमाडौँ जिल्लामा १ हजार ७ सय ९७, चितवनमा २ सय ५ र धादिङ जिल्लामा १ सय २१ जनामा डेंगूको संक्रमण पुष्टि भएको निर्देशक श्रेष्ठले बताउनुभयो ।