राप्रपा नेपालले असोजको पहिलो साता मकवानपुरमा भेला गर्ने
राप्रपा नेपालले असोजको पहिलो साता मकवानपुरमा भेला गर्ने भएको छ ।
भदौ २९ गतेदेखि गर्ने भनिएको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको स्वरुप परिवर्तन गर्दै निर्वाचन लक्षित जिल्ला सभा आयोजना गरिने राप्रपा नेपालले जनाएको छ ।
आइतबार बसेको राप्रपा नेपालको सचिवालय बैठकले असोज पहिलो साता हेटौंडामा भेला गर्ने निर्णय गरेको प्रवक्ता सुरेश आचार्यले बताउनुभयो