वर्तमान आवश्यकतालाई राप्रपाले परिपूर्ति गर्न नसकेको भन्दै प्रदेश सांसद माझीद्वारा पार्टी त्याग

छहारी संवाददाता
भदौ २७, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद रिता माझीले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।

आइतबार प्रेस वक्तव्य जारी गर्दै प्रदेश सभा सदस्य माझीले राप्रपा त्यागेको घोषणा गर्नुभएको हो । राप्रपाले वर्तमान आवश्यकतालाई परिपूर्ति गर्न नसकेको आरोप लगाउनुभएको छ । मुलुकको पछिल्लो घटनाक्रम अनुसार बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति खोजीरहेको अवस्थामा राप्रपा त्यो अनुरुप नबढेको उहाँको जिकिर छ ।

राप्रपा बाहिरबाट हेर्दा मोटाएको जस्तो देखिने तर भित्रभित्रै रोगले सुन्निएको अवस्थाबाट गुज्रिरहेको टिप्पणी गर्नुभयो । भावना शून्य विचारहिन पार्टीमा बस्न स्वाभिमानले नदिएकाले पार्टी छोडेको प्रेस वक्तव्यमा जनाइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*