विदेशी शक्तिको आडमा एमालेलाई पराजित गर्न गठवन्धन निर्माण गरियो–कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले विदेशी शक्तिको आडमा एमालेलाई पराजित गर्न गठवन्धन निर्माण भएको बताएका छन् । नेकपा एमालेलाई हराउन विदेशीहरु लागेको बताउँदै उनले राप्रपा तहसनहस पार्न पनि विदेशी शक्तिको हात रहेको बताए ।
राप्रपा नेपालले आज हेटौँडामा गरेको कार्यकर्ता भेलालाई संवोधन गर्दै अध्यक्ष थापाले नेकपा एमाले नेतृत्वको सरकारले आफ्नो भु–भाग समेटेर चुच्चे नक्सा निकालेपछि रुष्ट्र भएको विदेशी शक्तिले एमाले सरकार ढालेको थापाको भनाई छ ।
कुनै समय एक अर्काको टाउको काटन तम्सने माओवादी र कांग्रेसको सत्ता गठवन्धन के कारणले भयो भन्ने प्रश्नको जवाव जनताले बुझिसकेको भन्दै अध्यक्ष थापाले राष्ट्रियता पक्षधरलाई कमजोर पार्न विदेशी शक्तिले कांग्रेस–माओवादीको प्रयोग गरेको बताए ।
आफु केपीशर्मा ओलीको नेतृत्वको सरकारमा परराष्ट्र मन्त्री भएको समयमा भारत तथा संयुक्त राष्ट्रसंघको बैठकमा नाकाबन्दी विरुद्ध कडा रुपमा उभिएको कारण राप्रपालाई समेत बाहिरि शक्तिले तहसनहस गरिदिएको थापाले आरोप लगाए । उनले आउँदो निर्वाचनमा राष्ट्रवादी शक्तिहरु एक हुन जरुरी रहेको समेत स्पष्ठ पारे ।
उनले आउँदो निर्वाचनमा राष्ट्रवादी शक्तिहरु एक हुन जरुरी रहेको समेत स्पष्ठ पारे । थापाले चुनाव जितेपछि सरकार बनाउन गठबन्धन बनाउनु स्वभाविक भएपनि चुनाव मै गठबन्धन हुनु स्वभाविक हुँदै नभएको बताए । “जनताको मन जितेर काम गर्ने भन्दा पनि बिदेशीको आडमा पैसाको भरमा चुनाव जितेर जानेहरुले जनतामाथि शासन गर्ने छन्, सबैले यही बुझ्नु पर्छ” थापाले भने ।