मकवानपुरमा ठूलो परिमाणमा लागुऔषध बरामद

छहारी संवाददाता
भदौ २३, २०७९

मकवानपुरको बिभीन्न स्थानमा ठुलो परिमाणमा लागूऔषध सहित पक्राउ परेकाहरुलाई आज हेटौंडामा सार्वजनिक गरिएको छ । आज जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन गर्दै आगूऔषध सहित पक्राउ गरेकाहरुलाई सार्वजनिक गरेको हो ।

मकवानपुरको चुनीयाँबाट हेटौंडा तर्फ आउँदै गरेको बा २० च ६८ नम्बरको कारमा ल्याएको गाँजा सहित चितवनका एक जना पक्राउ परेका हुन् । कारलाई रोक्न खोज्दा उक्त कार नरोकी भगाई लगेकोले उक्त कारको पिछा गर्दै जादा भीमफेदी गाउँपालिका वडा नम्बर– १ बागझोरा स्थित सडकमा फेला पारी रोकी उक्त कारका चालक जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर–२४ बस्ने ४३ वर्षिय टेक बहादुर गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले जानकारी दिनुभयो । उनी सवार गाडीबाट प्रहरी गाँजाको १५ वटा पोका जम्मा १६० केजी फेला पारेको छ । गुरुङलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागूऔषधसहित तीनजनालाई पक्राउ गरी विहीबार सार्वजनिक गरेको छ । प्रहरीले हेटौंडा–५, सिचाईं टोलबाट ३१ वर्षीय धर्मेन्द्र खेम्काले आफ्नै घरमा लागूऔषध लुकाएर विक्रीवितरण गरेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीले विशेष सूचनाको आधारमा उनको घरको कोठा खानतलासी गर्दा कोठाभित्र लुकाएर राखेको लागूऔषध नाईट्रोभेट ३ सय १६ ट्याब्लेट र अनरेक्सको १४ बोत्तल फेला परेको थियो । उनलाई प्रहरीले पक्राउ गरी सोधपुछ गरेको थियो ।

सोधपुछको आधारमा प्रहरीले हेटौंडा–५ का २६ वर्षीय रविन श्रेष्ठ र भीमफेदी–५ घर भइ हाल हेटौंडा–५, सिचाईं टोल डेरा गरी बस्ने ३० वर्षीय प्रमोद कार्की पक्राउ गरेको थियो । प्रहरीले श्रेष्ठ र कार्कीको कोठामा लुकाएको लागूऔषध नाइट्राभेट १५ सय ४५ ट्याब्लेट र अनरेक्स ६३ बोत्तल फेला पारेको थियो । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*