हटियामा निःशुल्क स्वास्थ्य शिविर हुने

छहारी संवाददाता
भदौ २४, २०७९

हेटौंडा उपमहानगरपालिका वडा नं. १७ हटियामा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

राधा माधव समिति नेपाल, जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्र र डिभाईन युथ क्लव नेपालको संयुक्त आयोजनामा भदौं २५ गते शनिवार स्वास्थ्य शिविर हुने भएको हो ।

प्रस्तावित श्री कृपालु अस्पताल हटिया १७ वडा कार्यालय नजिकै जुरेथुममा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको हो । शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वारा हाडजोर्नी तथा नशा रोग, मिगौंला रोग र सामान्य चिकित्सा सेवाहरु प्रदान गरिने छ । निशुल्क जाँच गरिनुका साथै निःशुल्क औषधि वितरण गरिने क्लवले जनाएको छ ।

शनिवार बिहान १० बजेबाट दिउँसो २ बजेसम्म स्वास्थ्य शिविर संचालन हुने निरोज निरौंलाले जानकारी दिए । स्वास्थ्य शिविरमा सहभागि भएर लाभ लिन स्थानीयवासीलाई उनले आग्रह समेत गरेका छन् । प्रत्येक महिनाको अन्तिम शनिवार निःशुल्क स्वास्थ्य शिविर गरिर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*