प्रदेश सरकारको योजनाका विवरणहरु १३ वटै जिरुल्लाका प्रजिअलाई जानकारी गराउछौंः मुख्यमन्त्री पाण्डे

छहारी संवाददाता
भदौ २२, २०७९

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई प्रदेश सरकारको योजनाको विवरणहरु जानकारी गराइने बताउनुभएकोे छ ।

मुख्यमन्त्री कार्यालयमा प्रजिअहरुसंगको छलफलको क्रममा उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री पाण्डेले स्थानायिलाई बिपत् आइपर्ने बित्तिकै पहिला जाने स्थान जिल्ला प्रशासन कार्यालय रहेकोले पनि समन्वय र सहकार्य गरिने बताउनुभयो ।

बजार व्यवस्थापन विपद् व्यवस्थापन, क्रसर सञ्चालनका मापदण्डहरु लगाएतका बिषयमा समन्वयको कमी देखिएको बताउदै उहाँले अबका दिनहरुमा समन्वय गरेर कार्य सम्पादन गरिने बताउनुभयो ।

प्रजिअहरुले संघ, प्रदेश र स्थानिय सरकारबिचको समन्वयको कमीलाई बिषेश चासो राखेको भन्दै उहाँले अहिलेको समस्यामा प्रदेश सरकारले ध्यान दिने बताउनुभयो । प्रदेश सरकारले सुधारगृह, जेष्ठ नागरिक भवन लगाएत निर्माण कार्यमा जोड दिने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले जिल्लामा शान्ति सुरक्षा कायमसंगै जनतासंग प्रत्यक्ष जोडिने र गुनासो सम्बोधन गराउन र चुस्त दुरुस्त सेवा प्रवाह गर्नको लागि प्रजिअहरुको महत्वपुर्ण भुमिका रहेको भन्दै सो अनुसार कार्यसम्पादन गर्न सुझाउनुभयो । उहाँले जनताले सेवाप्रदायक संस्थामा जाँदा आफ्नै लागि कर्मचारी खटिरहेको महशुस गराउनुपर्ने दायित्व जनप्रतिनीधिहरुको जस्तै प्रजिअहरुको पनि रहेको उहाँको भनाई छ ।

सबै जिल्लामा निर्माण भएका र निर्माणाधिन रहेका प्रादेशिक अस्पतालहरुको बारेमा पनि उहाँले जानकारी लिनुभयो । साथै प्रजिअहरुबाट उठाउनुभएका बिषयहरु सिधा जनतासंग जोडिएकोले प्रदेश सरकारको ध्यानाकार्षण भएको समेत मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

भक्तपुरकी प्रजिअ रुद्रादेबी शर्माले बाल सुधार गृहका सञ्चालन भएकोमा क्षमताभन्दा बढी । बालिकाहरुको लागि शिक्षा स्वास्थ्य र खानपानको समेत उचित ब्यबस्थापनमा पहल गर्नको लागि मुख्यमन्त्री पाण्डेसंग माग गर्नुभयो । उहाँले संघ, प्रदेश र स्थानिय तहको बिचमा समन्वयको कमी भएको बताउनुभयो ।

धादिङका प्रजिअ कृष्णप्रसाद लम्सालले क्रसर सम्बन्धी मापदण्डको बिषयमा संघ, प्रदेश र स्थानिय तहमा कसको क्षेत्राधिकार भनेर किटान गरिनुपर्ने बताउनुभयो । उहाँले यसको ब्यबस्थापनको लागि ठोस एकिकृत नीति, नियमन प्रणलीको आबश्यक्ता र ठोस कानुनका चाहिएको बताउनुभयो ।

वेदनीधि खनालले जिल्लामा जेष्ठ नागरिक र सुधार केन्द्र नभएको गुनासो गर्नुभयो । उहाँले प्रदेश सरकारले यसमा बिषेश ध्यान दिनुपर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*