डेंगू रोग नियन्त्रणका लागि सचेतनामूलक र्याली
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको बाल जागृती युवा वर्ष माध्यामिक विद्यालयले डेंगू रोग नियन्त्रण अभियान चलाएको छ । जिल्लामा डेंगुको संक्रमण नियन्त्रण बाहिर गएपछि यसबाट जोगिने विषयमा जनचेतना फैलाउने उद्देश्यले विद्यालयले समुदाय स्तरमा डेंगु सचेतना अभियान सुरु गरेको हो । अभियान अन्तर्गत विद्यालयले सचेतनामूलक र्याली निकालेको छ ।
र्यालीमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सहित शिक्षक विद्यार्थीको सहभागिता रहेको थियो । सचेतना र्यालीमा विद्यार्थीहरुले डेंगू संक्रमण गराउने लामखुट्टेको बासस्थान नष्ट गर्न, घर आँगन सफा राख्न, डेंगूबाट जोगिने उपायहरुको बारेमा जानकारी दिनुका साथै सचेतनामूलक प्लेकार्ड बोकेका थिए । लामखुट्टे भगाउ,डेंगू बाट बचौं नारा सहित सचेतनामूलक र्याली गरिएको विद्यालयकी प्रधानाध्यापक सम्झना अधिकारीले बताउनुभयो ।