संघ र प्रदेश निर्वाचनको लागि माओवादी केन्द्रबाट १४ जनाको नाम सिफारिस

छहारी संवाददाता
भदौ २१, २०७९

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मकवानपुरको बिस्तारित बैठकले आसन्न प्रदेश र संघको निर्वाचनको लागि उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ ।

जिल्ला ईन्चार्ज कुमारी मोक्तानको अध्यक्षतामा बसेको बैठकले संघतर्फ ४ जना र प्रदेशतर्फ १० जनाको नाम सिफारिस गरेको हो । संघ तर्फ २ वटा निर्वाचन क्षेत्र रहेकोमा निर्वाचन क्षेत्र नम्बर १ को लागि प्रल्हाद लामिछाने र जिवन गोलेको नाम सिफारिस भएको माओवादी केन्द्र मकवानपुरले जनाएको छ ।

त्यसैगरी क्षेत्र नम्बर २ तर्फ कुमारी मोक्तान र राम नारायण बिडारीको नाम सिफारिस भएको छ । प्रदेशतर्फ निर्वाचन क्षेत्र नम्बर १ को ९क० मा प्रेम बहादुर पुलामी, विजय गौतम र भीम पाख्रिनको नाम जिल्लाबाट सिफारिस भएको छ ।

त्यसैगरी १ को ९ख०मा तिर्थ बहादुर थापा र ज्ञानेन्द्र लामिछानेको नाम सिफारिस भएको छ । प्रदेशतर्फ निर्वाचन क्षेत्र नम्बर २ को ९क० मा कुमारी मोक्तान, प्रकाशचन्द्र पाण्डे र लबशेर बिष्टको नाम सिफारिस भएको छ भने २ को९ख० बाट ओम घलान र राम प्रसाद कालाखेतीको नाम सिफारिस भएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*