मंगलबार देशभर ३ सय जनामा कोरोना संक्रमण पुष्टि, १२४ जना निकोभए
पछिल्लो २४ घण्टामा देशभर ३ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर र एन्टिजेन गरी ४ हजार ५ सय ९० जनाको नमुना परीक्षण गर्दा ३ सय जनामा संक्रमण देखिएको हो ।
यसैबीच पछिल्लो २४ घण्टामा देशभर १२४ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन। अहिले देशभर सक्रिय संक्रमितको संख्या २४५७ रहेको मन्त्रालयले जानकारी दिएको छ।
यस मध्ये २३०८ होम आइसोलेसनमा रहँदा १४९ जना संस्थागत आइसोलेसनमा छन्। ३५ जना आइसीयूमा रहेकोमा ३ जनालाई भेन्टिलेटरको सहायतामा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।