हेटौंडा ६ चौघडा बजार क्षेत्रमा सरसफाई अभियान
हेटौंडा उपमहानगरपालिकाले चलाएको सफा हेटौंडा अभियान जारी छ ।
अभियान अन्तरगत मंगलबार हेटौंडा ६ चौघडा बजार क्षेत्रमा सरसफाई गरिएको छ । स्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा डेङ्गु रोग नियन्त्रण अभियान चलाइएको हो ।
हेटौंडा ६ को वडा कार्यालय र टोलविकास संस्था वडा समन्वय समिति हेटौंडा ६ को समन्वयनमा सरसफाई गरीएको टोल विकास संस्था हेटौडा ६ का सचिव राजकुमार फुयालले जानकारी दिनुभयो ।
सरसफाइ कार्यक्रममा हेटौंडा ६ का वडाध्यक्ष विष्णु बहादुर दहाल, वडासदस्यहरु विजय पौडेल, सरिता सापकोटा, मुना वि क, लेखराज ढकाल, नगर समन्वयका उपाध्यक्ष विष्णु ढुङ्गाना, सदस्य गोमा लामिछाने, हेटौंंडा ६ नम्बर टोल विकास समन्वय अध्यक्ष वासुदेव खतिवडा, उपाध्यक्ष रमेशकुमार थापा, सचिव राज कुमार फुयाल, कोषाध्यक्ष नानीमाया रुम्बा, समन्वयका सदस्यहरु, स्वास्थ्यकर्मीको तर्फबाट हेटौंडा स्वास्थ्य चौकीका इन्चार्ज टिएन ढुङ्गेल, स्वास्थ्य स्वयमसेविकाहरु, सुरक्षाकर्मी, चौघडा चौकीका प्रहरी नायव निरीक्षक रामशरण दुलाल लगायत ६ नं वडामा रहेका २३ वटा टोल विकास संस्थाका अध्यक्ष लगायतका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
सरसफाई कार्यक्रममा हेटौंडा ६ को चुच्चेखोला, शान्तिटोल, रक्षादेवीटोल हात्तिलेट टोल, गौरीटार टोल, भुलभुले पुतलीबजार, दिव्यनगर, गुप्तेष्वरी चौघडा टोलमा सम्पन्न भएको हो। सरसफाइ अभियानमा लामखुट्टेको लार्भा नष्ट गर्दै, फोहर व्यवस्थापन गर्न सम्बन्धित घर धनीलाई भनिएको फुयाँलले बताउनुभयो ।