बागमती सरकारले रोजगार सृजना गरेर युवा पलाएन रोक्छः मुख्यमन्त्री पाण्डे

छहारी संवाददाता
भदौ २१, २०७९

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेश सरकारले युवा पलाएन रोक्नको लागि योजना बनाएको बताउनु भएको छ ।

युवा संघ नेपालको मेची— महाकाली युवा जागरण अभियानलाई प्रदेशको राजधानी हेटौंडामा स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री पाण्डेले युवाले बिदेशमा बगाएको पसिनाबाट आएको रेमिट्यान्सबाट देश चलाउनुभन्दा युवाको सिप र पसिनाले देशलाई समुन्नत बनाएर देशको मुहार फेर्न सकिने बताउनुभयो ।

उहाँको अनुसार युवालाई सिप सिकाएर उक्त सिपले विकासको लहर ल्याउनुको साथै रोजगार सृजना पनि गर्न सकिने छ । प्रदेशमा पछी परेको वडाहरुमा समाजवादी वडा कार्यक्रम ल्याएर शिक्षा, स्वास्थ्य, रोजगार सृजना गरिने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

नेकपा-एकीकृत समाजवादी दलले जोखिम मोलेर गरेको बिद्रोहको फलस्वरुप वर्तमान अबस्था सृजना भएको बताउदै उहाँले प्रदेश सरकारले वडालाई समाजवादी बनाउने र जनताले चुनावमा समाजवादी दललाई जिताएर सिंगो देशमा समाजवादको लहर ल्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद मुनु सिग्देल, हेटौंडा उप महानगरपालिकाकी प्रमुख मीना लामा लगाएतले बोल्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*