जापानिज इन्सेफ्लाइटिसबाट मकवानपुरमा ३ जनाको मृत्यु

डेंगू भन्दा घातक
छहारी संवाददाता
भदौ २१, २०७९

जापानिज इन्सेफ्लाइटिसबाट मकवानपुरमा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुईजना बकैया गाउँपालिकाका र एक जना हेटौंडा उपमहानगरपालिकाका रहेको छन् । संकास्पद १२ जनाको नमूना जाँच गर्दा ४ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरिक्षक बासुदेव रिमालले बताउनुभयो । एक जना संक्रमित महिलाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

जिल्लामा डेंगूको संक्रमण बढीरहेको समयमा जापानिज इन्सेफ्लाइटिसबाट तीन जनाको मृत्यु भएसँगै थप त्रास बढेको छ । जापानिज इन्सेफ्लाइटिस क्युलेस जातको सेतो लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । यो रोग लागेमा उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, वान्ता हुने, घाँटी अर्अरो हुने र बेहोस हुने जस्ता लक्षण देखा पर्छन् ।

यो रोगलाई डेंगू भन्दा घातक मानिन्छ । डेंगू र जापानिज इन्सेफ्लाइटिस फरक फरक जातको लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । हेटौंडामा जापानिज इन्सेफ्लाटिसको परिक्षण हुँदैन यसका लागि नमूना राष्ट्रिय प्रयोगशाला पठाउनु पर्दछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*