मकवानपुर सहित तीन जिल्लामा सार्वजनिक बिदा दिने बागमती प्रदेश सरकारको निर्णय

छहारी संवाददाता
भदौ २०, २०७९

बागमती प्रदेश सरकारले मकवानपुर सहित तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

चेपाङ समुदायको न्वागी (छोनाम)को अवसरमा प्रदेश सरकारले भदौ २२ गते बुधवार चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमवार सूचना प्रकाशित गरी उक्त जानकारी गराएको हो ।

‘बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७८/०७९ को निर्णयानुसार चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको उपलक्ष्यमा भदौ २२ गते बुधवारको दिन बागमती प्रदेशका चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक बिदा दिने निर्णय भएकाले सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*