पार्टीको ह्वीप विपरित बोल्ने आँट गर्न मुख्यमन्त्री पाण्डेलाई राष्ट्रियसभाका अध्यक्षको चुनौती

छहारी संवाददाता
भदौ २०, २०७९

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पार्टीको ह्वीप लागे पनि गलत कुरालाई गलत भन्नसक्ने आँट गर्न बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई चुनौती दिनु भएको छ ।

सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा भएको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिको अन्तरक्रिया कार्यक्रममा उहाँले मुख्य मन्त्रीलाई यस्तो चुनौती दिनुभएको हो । अध्यक्ष तिमिल्सिनाले संघीय ऐनहरू केन्द्र सरकारबाट पास भइरहँदा प्रदेश र स्थानीय तहको अधिकार खोसिने गरी आएको खण्डमा गलत हो भन्ने पक्षमा संसदमा हात उठाउनुपर्ने बताउनुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भने हालै पारित भएको काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक संघीयता र संविधान विपरीत भएको भन्दै सो विधेयक किन पारित गरियो ? भनी प्रश्न सोध्नु भएको थियो ।

पाण्डेले राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनालाई लक्षित गर्दै संघीय सरकारविरुद्ध आफूहरूले मुद्दा हाल्ने पनि चेतावनी दिनुभएको थियो । राष्ट्रिय सभा आफैंले संविधान र संघीयताको विरुद्धमा गएर विधेयकहरू पारित गरेकोमा उहाँले आपत्ति जनाउनु भएको छ । स्रोतः हेडम्बा न्युज ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*