वडा स्तरबाटै मानव वेचविखनविरुद्धको अभियान सञ्चालन गरिनेः उपमेयर बानियाँ
हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले वडा स्तरबाटै मानव वेचविखनविरुद्धको अभियान सञ्चालन गरिने बताउनु भएको छ ।
हेटौंडामा भएको मानव वेचविखन विरुद्धको १६ औं राष्ट्रिय दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बानियाँले विभिन्न बहानामा यौन तथा श्रम शोषण तथा रोजगारीको बहानामा विदेश पुर्याएर समेत मानव वेचविखन भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
उपमेयर बानियाँको संयोजकत्वमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, प्रमुख महिला विकास अधिकारी विष्णुकुमारी लामिछाने लगायतको उपस्थिति थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्की तथा विभिन्न सरोकारवाला पक्षको उपस्थिति रहेको थियो ।