निवर्तमान मेयर महत अहिले पनि सरसफाइ र बृक्षा रोपण अभियानमा
हेटौंडा उपमहानगरपालिका कार्यालयमा पाँच वर्ष सम्म मेयर बनेर चलाउनु भएका निवर्तमान मेयर हरि बहादुर महत अहिले पनि सरसफाइ र बृक्षा रोपणको अभियानमा निरन्तर हुनुहुन्छ । मेयरबाट निवर्तमा भए देखिनै उहाँ सरसफाइ र बृक्षा रोपणमा आफ्ना चेला खेलाडीहरुलाई साथमा लिएर यो अभियानमा लागिरहनु भएको छ । सरकारी कार्यालयहरुसंग बिभीन्न जातका बिरुवा लिएर बृक्षा रोपण अभियानलाई निरन्तर लागिरहनु भएको हो ।
उहाँकै अगुवाइमा हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर–१६, १७, १८ को धरानचतरा सडकको दायाँ–बायाँ बिभीन्न जातका विरुवा रोप्ने अभियान सकिएको हो । निबर्तमान मेयरले बृक्षा रोपण र सरसफाइका अभियानमा बर्तमान मेयर मिना कुमारी लामालाई पनि संगै लिएर मात्र यो अभियान संचालन गर्नु भएको छ ।
बृक्षा रोपण अभियानमा सम्वन्धीत वडाका अध्यक्षहरु, वडा सदस्यहरु, टोल विकास संस्थाका प्रतिनिधीहरु, स्थानीय समाजसेवीहरु, राजनीतिक दलका प्रतिनिधीहरु लगायतकाको सहभागितामा बृक्षा रोपणका कार्यक्रमहरु निरन्तर भइरहेका छन् ।
धरानचतरा सडक संगै हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ सिंचाइ टोल देखि मनकामना जाने सडकमा समेत बृक्षा रोपण र सरसफाइका काम भएका छन् । मनकामना जाने सडकमा केरा, आँप, लिचीका विरुवाहरु रोपिएको निबर्तमान मेयर महतले बताउनुभयो । त्यसैगरी हेटौंडाको भैरबडाँडाको पाथीभरा जाने सडकमा पनि बिभीन्न जातका फलफूलका विरुवाहरु रोपिएको छ । हेटौंडा–५ र आसपासका क्षेत्रमा हुने गरेका सरसफाइका अभियानमा निबर्तमान मेयर जसहले पनि सहभागि हुनुहुन्छ ।
सरसफाइ र बृक्षा रोपण गर्ने मेयर महतको अभियानमा कराते, ताइकन्डो, बक्सिङ र जिम खेल्दै आएका खेलाडीहरुले साथ दिने गरेको महत बताउनुहुन्छ । उपमहानगरबाट जनसक्ति, फलफूलका विरुवा लगायतका क्षेत्रमा पनि उत्तिकै सहयोग हुँदै आएको उहाँ बताउनुहुन्छ । हेटौंडा उपमहानगरपालिकाका हरेक वडामा वडाअध्यक्षहरुको नेतृत्वमा सरसफाइका अभियानहरु हरेक हप्ताको सनिवार सञ्चालन भइरहेका छन् । ती अभियानमा पनि महतले सहभागिता जनाउँदै आउनु भएको छ । साभारः जनपत्र ।